ताजा अपडेट »

देवदहमा कक्षा सञ्चालनका लागि शैक्षिक संस्थाहरुले साझा अवधारणा बनाउँदै

आइतबार, १४ असार २०७७, १२ : ५३
36 Shares
आइतबार, १४ असार २०७७
36 Shares

बुटवल । रुपन्देहीको देवदहमा संस्थागत तथा सामुदायिक विद्यालयहरुहरु बीच शैक्षिक गतिविधी सञ्चालन सम्बन्धि छलफल भएको छ । देवदहमा सञ्चालित संस्थागत विद्यायहरुको आयोजनामा नगरभित्र सञ्चालनमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयका प्राचार्य, विभिन्न शिक्षक संघका प्रतिनिधि लगायतको उपस्थितीमा लकडाउनको अवधिमा कोरोना संक्रमणबाट बच्दै शैक्षिक गतिविधी सञ्चालन गर्न अन्तरक्रिया गरिएको हो ।

छलफलमा संस्थागत र सामुदायिक विद्यालहरु बीच शैक्षिक क्रियाकलापका लागि विद्यार्थी भर्ना, नयाँ शैक्षिक सत्र सुरु गर्ने लगायतका विषयमा साझा अवधारण बनाउने सहमती भएको छ । यसैगरी सामुदायिक विद्यालयमा भएका क्वारेन्टिलाई देवदहमा रहेका सामुदायिक भवन तथा होटलहरुमा व्यवस्थापन गरि खाली गर्न पहल गर्ने निर्णय भएको छ ।

छलफलपछि संयुक्त अवधारण निर्माण गर्नका लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्सीय अवधारण निर्माण उपसमिति गठन गरिएको छ । समितिले तयार गरेको संयुक्त अवधारणलाई स्थानीय सरकार देवदह नगरपालिकामा पेश गर्ने समेत निर्णय भएको संयोजक पौडेलले जानकारी गराए । कार्यक्रममा संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट २९ जना शैक्षिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।