ताजा अपडेट »

देवदह नगरपालिकालाई एन प्याब्सन र प्याब्सनको संयुक्त अवधारणा पत्र

शनिबार, १३ असार २०७७, ०६ : ३६
24 Shares
शनिबार, १३ असार २०७७
24 Shares

बुटवल । बन्दाबन्दीसँगै निजी विद्यालयहरुले शुल्क उठाउन नपाउने भएपछि शिक्षक कर्मचारीहरुलाई तलब खुलाउन एनव्याब्सन तथा प्याब्सन देवदले नगरपपालकामा अवधारण पत्र पेश गरेको छ । संयुक्त रुपमा जारी गरिएको अवधारणा पत्रमा लेखिएको छ-‘नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको यही असार १ गतेदेखि विभिन्न माध्यम प्रयोग गरी पठनपाठन गर्ने भन्ने निर्देशिकालाई ग्रहण गर्दै हामीले विभिन्न माध्यमहरु प्रयोग गरी पठनपाठन गर्दै आइरहेका छौं । यति गर्दा पनि हामीलाई राज्यले विद्यार्थी भर्ना तथा नविकरण गर्न, अभिभावकहरुबाट बाँकी बक्यौता र नयाँ शैक्षिक सत्रको कुनै पनि शुल्क उठाउन अनुमति दिएको छैन ।’

प्याब्सन देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेल तथा प्याब्सन अध्यक्ष बोधराज पौडेलद्वारा हस्ताक्षर गरिएको अवधारणा पत्रमा शैक्षिक सत्र सुरुवात भएको घोषणा गर्नु पर्ने लगायत ६ बुँदामा सुझाव प्रस्तु गरिएको छ । विद्यार्थी भर्ना नगरी अनलाईन कक्षामा जोड्न नसकिने भएकोले नगरपालिकाले आफ्ना विद्यार्थीहरुलाई अनलाईन कक्षामा सहभागी गराउनु पर्ने, निजी विद्यालयका शिक्षक कर्मचारीहरुको पारिश्रमिक बारे नगरपालिकाले राहत प्रदान गर्नुपर्ने वा त्यो सम्भवन नभए असार १ देखि अनिवार्य रुपमा सैशिक सत्र सुरु भएको घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

सामुदायिक विद्यालयहरुमा रहेका क्वारेन्टिनलाई अन्य ठाउँमा स्थानान्तर गरी ती विद्यालयहरुमा पनि सामाजिक दुरी कायम राख्दै शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने माग राखेका निजी विद्यालयहरुले सबैको छलफलबाट शैक्षिक गतिविधि सञ्चालनका लागि मोडालिटी निर्माणमा जोड दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।