ताजा अपडेट »

शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए, १० वर्षे गुरुयोजना सार्वजनिक

बुधबार, १० असार २०७७, १२ : ३२
24 Shares
बुधबार, १० असार २०७७
24 Shares

सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू.ए.ए.) प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको क्याम्पस प्रमुख यदुलाल पन्थले जानकारी दिए । शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गरी क्याम्पसले क्युएए प्राप्ती गरेको क्याम्पस प्रमुख पन्थले बताए ।

क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको हो । क्यू.ए.ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसको भौतिक निर्माणको लागि ३ करोडसम्मको अनुदान प्राप्त हुने भएको हो ।

क्याम्पसले अब प्राविधिक विषय थप गर्दैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिवृद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिए । क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्ती गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिए । क्यूएएको अवधि ५ वर्षको हुने बताउँदै उनले विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्सले सधैं राखिरहेने जनाए ।

१० वर्षे गुरुयोजना सार्वजनिक
क्याम्सले आगामी १० वर्ष गुरुयोजना समेत सार्वजनिक गरेको छ । क्याम्पसले शैक्षिक भवन निर्माणदेखि सभाहल, आवस भवन, पुस्तकालय, कम्पाउण्ड वाल, आन्तरिक सडक, खानेपानी, चौर ब्यवस्थापन, पार्किङ्ग, क्यारिज, पार्क निर्माणको लागि ३२ करोड लागतको गुरुयोजना तयार गरेको छ । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तह गरि ९ सय ११ विद्यार्थी रहेका छन् । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।