ताजा अपडेट »

दाङमा ५ किलोबढी लागुऔषधसहित १ जना पक्राउ

विहीबार, ०४ असार २०७७, २० : २४
16 Shares
विहीबार, ०४ असार २०७७
16 Shares

दाङ । दाङमा प्रहरीले ५ किलोभन्दा बढि लागुऔषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार राप्ती गाउँपालिका १ भालुबाङका ३४ वर्षीया राजकुमार पुनलाई ५ किलो २५० ग्राम लागुऔषधऔषध अफिमसहित पक्राउ गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । पुनलाई लु ४३ प ६४१५ नम्वरको मोटरसाईकलमा लागूऔषधसहित राप्ती गाउँपालिकाको शान्तिनगरस्थित पूर्वपश्चिम राजमार्गमा बाट पक्राउ गरेको हो ।

पुनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । त्यसैगरी बुधबार प्रहरीले ब्राउन सुगरसहित २ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले रा ४ प २८७६ नम्बरको मोटरसाईकलमा घोराहीबाट तुलसीपुर आउने क्रममा तुलसीपुर १८ दूधरासमा बुधवार दिउँसो साढे २ बजे तुलसीपुर १ भमके का २३ बर्षीय लोकबहादुर थापा र घोराही १५ की २० बर्षकी सरिता परियार पुन पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

पक्राउ परेका मध्य थापाको साथवाट १ ग्राम ३४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।