काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भदौ र असोज महिनामा लिएको स्नातक तह अन्तर्गत चार वर्षे बिज्ञान सकाय (बि. एस्सी) तर्फ प्रथम वर्षको बिहीबार नतिजा सार्वजनिक गरेको छ ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । भने नेपाल टेलिकममा १६०२ डायल गरेर पनि नतिजा थाहा पाउन सकिने छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
प्रतिक्रिया