ताजा अपडेट »

प्रभावकारी बन्दै ‘रेडियो स्कूल’

विहीबार, ०४ असार २०७७, १४ : २७
120 Shares
विहीबार, ०४ असार २०७७
120 Shares

सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ ।

कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् । शारदा नगरपालिका वडा नं. १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताउनुभयो । उहाँले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताउनुभयो । छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हासिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताउनुभयो । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उहाँले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताउनुभयो ।

रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उहाँको भनाई छ । रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिनुभयो । उहाँले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताउनुभयो । रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।