सदियाैंदेखि
सम्पत्तिका नाउँमा
बाबाकाे एकजाेर चप्पल थियाे
लिस्नाेमूनि स्याहार गरि राख्थे
कहिंकतै घुमिफिरि आएपछि
कहिलेकाँही भन्थे - तेरी आमाकाे जस्तै माया लाग्छ ।
हामीले धेरैवर्षसम्म
न कहिले खुट्टा घुसार्न पायाैं
न कहिले नजिकबाट देख्न भ्यायाैं
खाेपाकाे देउता र
बाबाकाे चप्पल उस्तै लाग्थे हाम्लाई
बाबाका पैतलालाई
काँडाबाट बचायाे
शिशाबाट जाेगायाे
ताताे हप्काेबाट टाढै राख्याे
बलियाे आधार थियाे चप्पल
पानीले पखालेकाे हेर्थ्याैं
पुराना कपडाका टुक्राले पुछेका भेट्थ्याैं
हामीभन्दा कैयाैंगुना
चप्पलसँग बाबाकाे प्यार थियाे ।
हुन त
त्यही चप्पल खियाएर
कहिले पहाड उक्लिन्थे
कहिले मधेश ओर्लिन्थे
थाप्लामा सन्तानका जिम्मेवारी बाेकेर
थाप्ला र चप्पल उस्तै खियाए बाबाले !
सबै हाम्रै लागि र सधैं
लाेकतन्त्र र गणतन्त्र ल्याउन पनि
याे चप्पलकाे भूमिका कम्तिकाे छैन
हिजाेसम्म बाबा
यही चप्पल हेरेर रुन्थे
पुस्थे आँसु
र
भन्थे- चप्पल र पजेराेमा कुन जेठाे ?
सत्ता र चप्पलमा के साईनाे ?
नेता र जनतामा के फरक ?
भाेकाे पेट र अघाएकाे पेटमा अन्तर के ?
हुँदा खाने र हुने खानेमा समानता के ?
सिकिस्त हुनेबेला
बाबाले भनेका थिए- मेराे सम्पत्ति यही हाे
घाटमा लैजाने बेला नछाड्नू
कसैगरी एकजाेर चप्पल मेरा
नजलाउनू !
बाबा त
खरानी र धूँवा बने
तर
उही एकजाेर चप्पल
चियानघाटमा दुरुस्तै भेटें
तर
भेटिन समानता
चप्पल र देशका केही नेताहरुबीच !
प्रतिक्रिया