काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि गरेको लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ। शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएको हो।
कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ। मन्त्रालयका अनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ। त्यसका लागि शिक्षा मन्त्रालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिकासमेत सार्वजनिक गरेको छ।
प्रतिक्रिया