ताजा अपडेट »

लघु कथा : मुसासँग सम्झौता

शनिबार, ३१ जेठ २०७७, ०७ : ४३
513 Shares
शनिबार, ३१ जेठ २०७७
513 Shares

मुसो पनि कति ठूलो । न्याउरी मुसा जत्रो अझै यसको प्राकृतिक शत्रु बिरालोसँग नै तुलना गरेपनि अस्वाभाविक नलाग्ने जत्रो । राति–राति आउँथ्यो अनि नोक्सानी (बिग्नह) गर्थो। खानेमात्रै गरे त कति पो खान्थ्यो र बिगारेर छोड्छ । मुसो र बाँदर उस्तैउस्तै लाग्छन् सवितालाई । खानेभन्दा बिगार बढी गर्ने ।

माधव र सविताले के मात्रै गरेनन् त्यसबाट छुट्कारा पाउन । त्यो अंगुरको बोटको बाटो आउथ्यो राति–राति टपमा जस्ताको छानो भएको किचनमा । अंगुर नै काट्नुपर्छ कि भन्नेसम्म सोँचे । तर सकेनन् , कति गरेर हुर्काएको , मनले मानेन । माधव कतिपटक त बिहान ४स्०० बजे नै उठेर गस्ती गर्यो , छापा मार्यो , भेट्टायो , थुन्यो । थुन्यो तर, मार्न सफल भएन । बरु कैयौंपटक कप, गिलास फुटायो , भित्ता कोर्यो लठ्ठीले उसको दौडाईलाई पछ्याएर हिर्काउँदा हिर्काउँदै ।

पटक–पटक विष पनि राखे । विष खायो पनि । अब त मर्यो होला भनेर ढुक्क हुन्थे दिनभर । तर, त्यसै दिन राती आएर झनै ठूूलो बिग्नह गथ्र्याे । अन्न र खाना जतिसुकै ढाक्ने र छोप्ने गरेर राखे पनि भेटाई हाल्थ्यो ,प्वाल पाथ्र्याे र छरपस्ट पारिदिन्थ्यो । आजित बनायो एउटै मुसाले । मुसेरी थाप्यो , लतारेर पर पुुर्याएको हुन्थ्यो अर्को बिहानसम्ममा । एक साँझ खाँदाखाँदै २ वटा रोटी रहे । ‘सुरक्षित नै राख्न सकिन्न , मुसाले खाइदिइहाल्छ जति ढाके पनि । म त यहीँ खुल्लै राखिदिन्छु । अझै घ्यू पनि दलिदिन्छु । हेरौं न के गर्ने रहेछ,खाओस् न ।’ आजित भावमा खिस्स हाँसिन सविता अनि माधवले ओठ लेप्रायो खिसीको भावमा ।

अचम्म ! अर्को दिन हेर्दा देखियो –मुसाले त्यो एउटा रोटी पूूरै खाएको अरु कुनै बिग्नह नगरेको। अर्को साँझ पनि सोही कार्य दोहोराए । फेरि पनि मुसो ज्ञानी भएको देखियो । गुड ब्वायलाई प्रत्येक साँझ मिठो चोखो छुट्टाउनु एक नियमितता भयो त्यो परिवारलाई । लकडाउनको बेला छिमेकीहरू गल्ली र बाटोमा भन्दा छत–छतमा बढी देखिन्थे । सविताले सबैलाई सुनाइन् आज्ञाकारी मुसाको कुरा । सबैले चाख मानी–मानी सुने र अर्कोअर्को दिनहरूमा पनि खोजी–नीधि गरे । महिलाहरूको छिट्टै विस्वास गर्ने र सानै कुरामा खुसी भइहाल्ने स्वाभावलाई कसै–कसैले गुण भन्छन् त कसैले कमजोरी । सविताले बडो चाखलाग्दो पाराले सुनाउँदै रहिन् ‘आज्ञाकारी मुसाको झन्–झन् असल बन्दै गएको कथा ।’ राम्रै चर्चा पायो मुसासँगको सम्झौताले ।

समस्याहरू त थुप्रो–थुप्रो हुन्छन् । तर लामो समयसम्म पिडा दिइरहेको समस्याको समाधान निस्कदा कति आनन्द आउँछ , त्यस्तै भयो माधव र सवितालाई । साँझमा आफूले खाना खान शुरू गर्नुभन्दा पहिले नै खुसीसाथ सबैभन्दा मीठो चोखो भाग लगाई दिन्थे मुसाको लागि । दस दिनभन्दा बढी भयो त्यो सम्झौताको कुनै पक्षले पनि उल्लंघन गरेन । आखिर जिन्दगी सम्झौता नै सम्झौताको दस्तावेज न हो । मान्छेहरू सोखले मुसा पाल्छन् , बिरालो पाल्छन्, खरायो र कतै–कतै त सर्प पनि । अझ केही धार्मिक समुदायहरूमा त मुसालाई गणेश भगवानको वाहन मानेर कहिल्यै नमार्ने , बरु प्रसाद चढाउने चलन छ । के भो त एउटा मुसो पाल्न ? प्रत्येक साँझ एउटा पाहुनालाई त खुवाउन पाइएको छ । यहीँ कुराले खुसी थिए माधव र सविता । प्रत्येक साँझ त्यसको निम्ति बडो प्रेमभावले खाना छुट्टाउथिन् सविताले ।

‘ए खत्तम पारेछ नि ! बरबाद भो !! लौ न नि सग्लो त एउटा पनि छोडेन छ !!! …’ चिच्चाइन् अस्ति बिहानै सविता किचनमा । ‘के भयो ? …’ दौड्दै गयो माधव । देख्यो दुखित थिइन् , रिसमा थिइन् सविता । हातमा केहि माधवका पाइन्ट,सर्ट र आफ्ना सुटहरू थिए । एक–एक गर्दै देखाइन् काटिएका प्वालहरूबाट माधवलाई हेर्थिन् । सफा तर, प्वाल नै प्वाल परेका कपडा । धेरै दिनदेखि हेरेका थिएनन् अन्नपात । शंका लाग्यो र हेरे सबैतिर । तेलका पोकोबाट तेल चुहिएर सकिइसकेको थियो , चामलको बोरा , दालको पोका केहि पनि सग्लो थिएन ।

‘धेरै कपडाहरू बाहिर नै रहे , यो लकडाउनमा लगाइने होइन , म धुन्छु र अब दराजमा राख्ने’ भन्दै थिइन् उनले अघिल्लो दिन मात्रै । सुकाएको केहि समयमै पानी पर्यो,उठाइन् , फेरि सुकाउन त्यहीँबाट सजिलो हुन्थ्यो । थुपारेर छोडिन् त्यहीँको एउटा कुर्सीमा । ढुक्क थिइन् आखिर केहिले काट्ने, बिगार्ने होइन । तर …।

पिडा कति हुन्छ एक पक्षले सम्झौता भङ्ग गर्यो र झनै उपद्रो मच्चायो भने । चिच्याइन् सविता । माधवले हत्त–पत्त हातले मुख थुनिदियो सविताको । ‘नबोल भित्ताको पनि कान हुन्छन्। ’चुप लागिन् उनी कुरो बुझिन् सजिलै । नोक्सानी त भयो–भयो , पहिले छिमेकीहरूसँग नभनेको भए हुने । तरक्क दुई थोपा आँसु खसालिन् नोक्सानकोभन्दा अति विस्वासमा धोका खाएको कारणले ।

कहिले गस्ती त कहिले छापा मारिरह्यो माधवले जीवनभर थुप्रै जना र थुप्रै चीजका विरुद्ध, मात्रै नोक्सानीबाट बच्नको लागि । तर, यसपाली अस्तिदेखि भने चियो गरिरहेको छ सविताको ‘कतै उ छतदेखि छतमा छिमेकीहरूसँग कुरा त गरिरहेकी छैन, कतै त्यही बिषयमा त कुरा हुने होइन । कम्तीमा पनि पर्सिसम्म त चियो गर्नैपर्छ । उसलाई थाहा छ , महिलाहरू जतिसुकै सानो खुसी होस् सुनाउन उग्र हुन्छन् । र, त सेयर गर्न प्रसङ्ग आफै जबर्जस्ती बनाउँछन् पनि । धोका, पिडा, घात पनि सुनाई हाल्छन् प्रसङ्ग आयो भने ।

-चोपनारायण बञ्जाडे / सन्धिखर्क ,अघाखाँची ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।