ताजा अपडेट »

शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

शुक्रबार, ३० जेठ २०७७, २१ : ५२
14 Shares
शुक्रबार, ३० जेठ २०७७
14 Shares

तिलोत्तमा । स्नातक तह अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क घटाउने सहमति भएपछि राममणि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । क्याम्पस सञ्चालक समितिसँग भएको छलफलमा मासिक शुल्क घटाउने र विद्यार्थी संगठनले उठाएका अन्य माग क्रमशः पूरा गर्ने सहमति भएपछि ताला खुलेको संगठनका अध्यक्ष योगेश पराजुलीले बताए ।

अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै गत माघ १३ गतेदेखि क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो । क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरुका लागि लिइने मासिक शुल्कमा प्रतिमहिना एकसय रुपियाँ घटाउने र अन्य शुल्कहरु छलफलमा भएको सहमति अनुसार समायोजन गरिने बताए । क्याम्पस प्रशासनले सूचना निकालेर शुल्क घटाइसकेको पनि उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।