ताजा अपडेट »

लघुकथा : चूरोट खाने सर्प

मंगलबार, २० जेठ २०७७, १९ : ४३
56 Shares
मंगलबार, २० जेठ २०७७
56 Shares

त्रिचन्द्र कलेजमा १२: ४० को कक्षा भेटाउन हतार थिएन । पाटन ढोकाको बसले११ बजेनै ओराली दियो रत्नपार्कमा ।
वि.सं. २०४२ साल ,अफिस समय बाहेक अबेला खासै भिड हुुँदैनथ्यो त्यतिबेला रत्नपार्कमा । भाग्योदय चिट्ठा बेच्नेको
माइक, गाडीहरुको हर्न, सहायक चालकहरुको गाडी ढक- ढकाउँदै यात्रु बोलाइरहेको आवाज।

हतारमा छैन रवि , फूटपाथमा फिजाएका पत्रिकाका शिर्षकहरु हेर्यो सरसर्ती । कुनै शिर्षकलेपनि ध्यानाकर्षित गरेन उसको।
बमकाण्ड पछिको पञ्चायती तीव्र दमनको यो समयमा राजनीतिक गतविधिसँग सम्भवत समाचारहरु शून्य प्रायः थिए ।
केहिपर एउटा ३०,३२ वर्षको युवक भुइँमा बसेर रत्नपार्कको बारमा अडेस लागि चूरोट तानी रहेको थियो। अर्को हातले टोकरीमा
राखेको कालो सर्प खेलाइरहेको थियो।

एक टकले हेरिरहेछ शायद रविले, उसले बोलायो इसाराले । रवि नजिकै गयो । उसले रविलाई हेरेन। शायद हरिसकेको थियो
बोलाउन भन्दा पहिलेनै । देखेको थियो अरुभदा फरक , नेपालको ग्रामीण बस्तीबाट भर्खरै आएको एक १५,१६ वर्षको ठिटो।
गाउमाँ बालीघरे सूूचिकार , जस्कोमा शहरको फेसन पुग्न दशक लाग्थ्यो र त्यतिबेला गाउँमा अति प्रचलित तर, शहरमा सफाई
कर्मचारीहले लगाउने चाइनिज हरिया कपडाका बुट लगाएको।
‘ हेर्छौ , यो सर्पले चूूरोट खान्छ।’ अपत्यार दर्शायो रविले।
‘हेर्छौ’
‘नभएको कुरा ।’
‘बाजी ठोछौ ?’
‘कुनैकारण छैन।’
‘१५ रुपैया देऊ , म देखाउँछु ।’
धेरै अविश्वास , केही उत्सुकता , कतै सत्य हुुन के बेर ? बिरलै हुने अनुभव !! सम्झौता टुङ्गियो १० पैयाँमा।
सपेरा सबैजसो तराइमुलका दाजुभाई वा इण्डियन छन। तर, यो चाँही पहाडीया थियो।
उ उठ्यो , चिच्चायो , भिड जम्मा पार्यो । केहि सञ्जीवनीबुटी , केहि आयुर्वेदिक औषधि, मालिस गर्ने तेलको बिज्ञापन गरिरहयो
अश्लील ठट्टाहरुसँगै। धेरै रमितेहरु हिडिसँके। लगभग सबै हिडिसकेपछि ‘खैत सर्पलाई चूूरोट खुवाएको?’ रविले माग गर्यो।
‘हँ’ केहि थाहा नपाएको जस्तो वाहना गर्यो । ‘खैत , मैले १० रुपैयाँ दिएको सर्पले चूूरोट …‘रविले जिद्दी गर्दैथियो । ‘के रे सर्पले
चूूरोट खान्छ ?’ जिस्काएको भावमा उसले रविलाई नै प्रश्न गर्यो ।
‘मेरो पैसा किन लिएको त ? बीस रुपैयाँ दिनस् त्यसो भए।’
‘हेर्नुुस् त । हेर्नुुस् त !!’
यो मान्छेले केही मान्छेलाई जम्मा पारीहाल्यो। ‘यो केटाले मलाई सर्पले चूूरोट खाएको देखा भन्छ। कलेज पढ्छ जस्तो छ।
जिद्दी गर्छ । सपलाई चूूरोट खुवाउनेरे !!’
सबैजनाको हेराई रविमा पर्ये । एकजनाले उसको हातका किताब हेर्यो , प्राक्टिकल फाइलहरु दख्ेयो र बोल्यो ‘अझ साइन्स
पढ्ने रहेछ त ।‘ सबैजना गलल हाँसे।
अझैपनि कहिँ ठूलो वा सानो ठगीमा पर्दा, रत्नपार्कको प्रसङ्ग आउदाँ, सपेरा देख्दा मात्रै होइन सर्प देख्दा पनि रविलाई याद
आईहाछ ‘चूरोट खाने सर्प ।

-चोपनारायण बञ्जाडे / सन्धिखर्क ,अघाखाँची ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।