बुटवल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न आह्वान गरेका छन् । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको बताउँदै संघ, प्रदेश तथा स्थानीय तहलाई आगामी असार १ गतेबाट पढाई सुरु गर्न आह्वान गरेका हुन् ।
विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न "वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७" जारी गरिएको मन्त्रालयले जनाएको छ ।
विज्ञप्ति
प्रतिक्रिया