१.
म नकार्दैन हुन त गीता हुनुहुन्छ ।
र पार्वता सरस्वता अनि सीता हुनुहुन्छ ।
के लाग्छ उँहाहरु नै ईश्वर हुनुहुन्छ त हजुर ,,
मरो भने देबी माता भगवान पीता हुनुहुन्छ ।
२.
आँखा देखाएर अनि नानि देखाएर ।
लोभ्याउँदैछे उस्ले जवानि देखाएर ।
यति तिम्रो साथ पाईन भने विक्रम ,,
यस्तै भैदिन्छु भन्छे खरानी देखाएर ।
३.
खुब खुबी भए जस्तो अरुलाई ढेङग्रो ठान्दो रैछ ।
आफु भोल्टे रैछ अनि अरूलाई मटेङग्रो ठान्दो रैछ ।
म सोचिरहन्थें खाली किन दबाएरै राख्छ यस्ले ,,
किनकी आफु भैंसी अरुलाई चेङग्रो ठान्दो रैछ ।
४.
धै बचाइ राख्ने विज्ञान हुन्न , याद गर साथी हो ।
हुन्न सोचे जस्तो विहान हुन्न , याद गर साथी हो ।
हास्ने बाचुञ्जेल त हो , के रिष डाहा गर्छौ यार ,,
हो त मर्ने बाच्ने ठेगान हुन्न , याद गर साथी हो ।
५.
सुन ए यो आँखाको नानी बनाउनेछु ।
तिम्रो प्यास मेट्ने म पानी बनाउनेछु ।
ए लाटी मलाई एक पटक अर्पेर त हेर ,
अरे म राजा बन्छु तिम्लाई रानी बनाउनेछु ।
६.
यो संसारमा विद्वान त आमा लाग्छ मलाई ।
मेरो भविष्यको विहान त आमा लाग्छ मलाई ।
यहाँ प्राय मान्छेहरु ढुङ्गो पुजेको देखेको छु ,
साक्षत देबी भगवान त आमा लाग्छ मलाई ।
७.
मन ठान्दी रैछ धडकन ठान्दी रैछ ।
भविष्य ठान्दी रैछ जीवन ठान्दी रैछ ।
अरे यसो के फेसबुकमा कुरा गर्न सुरु भाथ्यो ,
वा आफु मुना वा मलाई मदन ठान्दी रैछ ।
८.
पैला लुरी भन्थे अहिले च्याखुरी भन्छन् ।
लगाउँदै खुच्चिङ् कुरीकुरी भन्छन् ।
ए आमा जब हजुर हामीबाट टाढा हुनु भो ,
मलाई हेला गर्दै सबैजना टुहुरी भन्छन् ।
९.
मेरो विपक्षमा हैन छ को के गल्ति भो श्रीमान ।
बताउनुहोस् सरासर मेरो के गल्ति भो श्रीमान ।
सुन्दैछु चोरकै अभियोगमा डाकिएको हो रे ,,
चोर्न त दिल चोरेकै हो के गल्ति भो श्रीमान ।
१०.
ठ्याक्कै मेरो नजरमा पर्यौ अनि हेरिरहेँ ।
साच्चै म तिम्रो र तिमि मेरो बनि हेरिरहेँ ।
मनै त हो झ्याप्पै नजर लागिहाल्यो ,
के गल्ती होला र आफ्नै भनी हेरिरहेँ ।
प्रतिक्रिया