ताजा अपडेट »

डिजिटल माध्यमबाट अन्तरक्रिया तथा बक्तृत्वकला कार्यक्रम

विहीबार, १५ जेठ २०७७, १९ : ४८
18 Shares
विहीबार, १५ जेठ २०७७
18 Shares


बुटवल । रुपन्देही तिलोतमामा केन्द्रीय कार्यालय रहेको क्रियाशिल नेपाली युवा समाज नेपाल सामाजीक सस्थाले गणतन्त्र दिवसको अवसर पारेर डिजिटल (भर्चुअल) माध्यमबाट बक्तृत्वकला कार्यक्रम सम्पन्न गरको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट एक दर्जन प्रतिस्पर्धीले भाग लिएका थिए । राज्य सञ्चालनमा गणतन्त्रको भुमिका विषयमा भएको बक्तृत्वकला कार्यक्रममा प्रतिस्पर्धीले आफ्ना भनाईहरु राखेका थिए ।

उक्त कार्यक्रमा बुटवलकी स्मारीका न्यौपाने बिजेता बनेकी छन् । भर्चुअल अन्तरक्रिया तथा बक्तृत्वकला कार्यक्रममा अतिथीका रुपमा युवा शिक्षाविद् धुव्र खरेलले आम युवाहरुले देशको विकास र समृद्दिको मार्ग चित्रण गनुपर्ने तथा आपसी सद्भाव कायम राख्नमा जोड दिनु पर्ने बताएका थिए । दुई शत्रमा विभाजन गरिएको कार्यक्रमको दोस्रो शत्रमा कार्यक्रम संयोजक गौरव नेपालले उक्त विषयमा आफ्नो कार्यपत्र पेस गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोशन खनालले गरेका थिए भने सहभागीलाई स्वागत सस्थाकी सचिवालय सदस्य प्रतिभा बस्यालले एवं कार्यक्रमको सञ्चालन सचिव पुजन भुसालले गरेका थिए । सहजीकरण सदस्य गौरव नेपाल गरेको कार्यक्रममा देशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।