बुटवल । प्रादेशिक प्रयोगशाला भैरहवामा हालसम्म गरिएको कोरोना परिक्षणमा सोमबारसम्म ६० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । प्रादेशिक प्रयोगशाला भैरहवाले दिएको जानकारी अनुसार हालसम्म रुपन्देहीमा २६,कपिलवस्तुमा २९, अर्घाखाँचीमा २ र गुल्मीमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रदेश ५ को प्रहाडी जिल्ला अर्घाखाँचीमा भने पहिलो पटक सोमबार कोरोना संक्रमण देखिएको हो । प्रादेशिक प्रयोगशाला भैरहवामा हालसम्म २ हजार ६ सय ९१ जनाको परिक्षण गरिएको छ । जसमध्ये ८ सय १ जनाको रिपोर्ट आउन अझै बाकी रहेको छ । समग्र प्रदेश ५ मा मात्रै सोमबार साझसम्म कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ ।-यस अगाडि अन्यथा भएकोमा सच्चाइएको छ ।- सम्पादक
प्रतिक्रिया