ताजा अपडेट »

मालिकामा भौगोलिक सूचना सुरुवात

विहीबार, २३ फागुन २०७५, २१ : १५
22 Shares
विहीबार, २३ फागुन २०७५
22 Shares

फागुन २३,
गुल्मी । मालिका गाउँपालिकाले भौगोलिक सूूचना प्रणाली (जी. आई. एस.) को सुरुवात गरेको छ । समग्र गाउँपालिकाको विकास गर्ने उदेश्यले तयार पार्न लागिएको २० बर्षे ‘मास्टर प्लान’ को निर्माणका लागि यो प्रणाली संचालनमा ल्याएको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

प्रणालीसम्बन्धी जिल्लाका विभिन्न गाउँपालिका प्रमुख,बिभिन्न कार्यालयका प्रमुख, बिभिन्न संघ, संस्था, पत्रकारहरुको सहभागितामा सदरमुकाममा छलफल कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्रणली संचालन गर्ने तरिका, विश्वसनियता, खर्च, अधिकार र यसको फाइदा लगायतका पक्षमा छलफल गरिएको छ ।

जि.आई.एस्. प्रणालीमार्फत प्रत्येक व्यक्तिको व्यक्तिगत प्रोफाइल जस्तै व्यक्तिको आम्दानी, परिवार संङ्ख्या, घरदेखी वडा र गाउँपालिका कार्यालय जाने दूू्री लगायतका कुराहरु जानकारी हुनेछ । घरमा उत्पादन हुने अन्न, पालेका गाईवस्तु लगायतका पक्षहरु पनि प्रणालीमा नै अपडेट गराउने प्रमुख प्रशासकिय अधिकृत लेकनाथ पोख्रेलले बताए ।


गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका पक्षहरु पनि प्रणालीमा समेटीने पोख्रेलले बताए । प्रणालीमा कुनै नयाँ कुराहरु गाउँपालिकाकै सुचना तथा प्रविधि अधिकृतले अपडेट गर्ने पनि उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।