ताजा अपडेट »

पाठ्यपुस्तक परिवर्तन गरेकोमा अनेरास्ववियू रुपन्देहीको आपत्ति

आइतबार, ०४ जेठ २०७७, १९ : ५१
20 Shares
आइतबार, ०४ जेठ २०७७
20 Shares

बुटवल । संकटको समयमा निजि विद्यालयसँग आवद्ध संस्थाले आफू मातहतका विद्यालयहरुले पाठ्यपुस्तक परिवर्तन गरेकोमा अनेरास्ववियू रुपन्देहीले आपत्ति जनाएको छ जिल्ला संयोजक लोखनाथ खनाल र सहसंयोग विष्णु खत्रीले आज एक विज्ञप्ती जारी गरी यस्तो संकटपूर्ण घडीमा निजि विद्यालयहरु आवद्ध केही संस्थाले आफू मातहतका विद्यालयहरुले पाठ्यपुस्तक परिर्वतन गरेको लिस्ट बाहिर आएको प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नयाँ पाठ्यपुस्तक परिवर्तन गर्ने निणर्यलाई सचाई पुरानै पाठ्यपुस्तक लागू गर्न पनि आग्रह गरेको छ ।

‘लकडाउनको मर्कामा परेर स्थानीय सरकार र विभिन्न संघ र्सस्थाहरुबाट पप्त राहतबाट दैनिक गुजारा चलाइरहनु परेको यस्तो जटिल परिस्थितिमा विभिन्न प्रंकारका कमिसनका खेलमा लाग्ने र अभिभावक तथा विद्यार्थीहरुले नयाँ पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्यता थपिदिएर झन् ढाड नै सेकिने गरी समस्यामा पार्न खोज्नु गम्भी आपत्तिको विषय हो ।’ विज्ञप्तीमा भनिएको छ ।

देशको विषम परिस्थितिलाई मध्यनजर गरी आफ्नो मातहतका विद्यालयमा पुरानै पढाउने निर्णय गर्ने ऐन प्याव्सन रुपन्देही र तिलोत्तमा नगरपालिकालाई धन्यवाद दिएको छ ।
साथै अनलाइन शिक्षाको नाममा कुनै पनि अभिभावक तथा विद्यार्थीहरुसँग असुल नगर्न समेत सम्बन्धीत सबैमा आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।