ताजा अपडेट »

कविता : 'हामी अन्धा'

शनिबार, ०३ जेठ २०७७, १९ : ५५
174 Shares
शनिबार, ०३ जेठ २०७७
174 Shares

म अन्धो हुँ की ?
अहिलेको परिस्थिति यस्तै छ ।
म देखिराछैन ।
पूर्व मेची हुँदै महाकाली स्वतन्त्र भएको
गरिब अनि निमुखाले न्याय पाएको
कहाँ बुद्वभूमिको मेरो देश
हत्या हिँसाको अविरल वर्षाले धर्तिमातालाई गिज्याई रहेछ ।
हो साँच्चिकै
आफ्नै स्वतन्त्रताको आँगनीमा नाच्ने नेपाली
पसिना र इमानमा बाँच्ने नेपाली
हो म पटक्कै देखिराछैन
मात्र देख्छ अचेल
मात्र कोशी रोइरहेको
अनि मेची रोइरहेको
अशान्ति र हिँसाले गुज्रिरहेछ ।
बिस्तारवादको रजाई छ
भ्रष्टाचार र देशद्रोहीको हाबी छ
अनि बुद्व भारतले दाबी गर्दै छ रे !
हिसो सीमा रेखाको किल्ला उखलियो रे
उत्तरले सगरमाथा दावी गर्दै छ ।
कठै बरा मेरो भूमि
आफ्ना सन्ततीलाई आफ्नै भन्न नपाइने
आज सुस्ता गुमाइयो
बुद्व गुमाइँदै छ रे
भोलि सगरमाथकाको देश
शान्तिको देश भन्ने पहिचान गुमाउने छौं
तिमी यस्तै सहेर बस
पक्कै एक दिन
नेपाल गुम्ने छ
ए राष्ट्रका भद्रहरु हो
तिमी कुन ठाउँ छौ
आखिर के सुन्थ्यौ र तिमिले
राजनीतिको खोल ओढेर
सत्ता र भत्ताको खेलमा तल्लिन छौ
बिचरो त्यो नेपाली
गल्ती नहुँदानी जेल पस्दै छ रे
सामन्ती र शोषकको मेल बन्दै छ रे ।
मेरो नेपालमा मेरो नेपालमा
बिचरो गणतन्त्र कहाँ छ ?
लोकतन्त्र कहाँ छ ?
आखिर जन्माऊन सजिलो छ तिमीलाई
गणतन्त्र जन्माउनेले
अनि लोकतन्त्र जन्माउनेले
आफ्नै पुत्रहरुको घाँटी निमोठ्दै छन् ।
जनतालाई साक्षी राखेर सिँहदरबार पस्नेहरू सुन
कति सामन्तीको चेपाहामा बाँच्ने हामी
अब दबिनेहरुको पालो आको छ ।
देशलाई कंगाल गराउनेहरु
देश खरानी बनाउनेहरुलाई
जिउँदै जलाउनु छ ।
गरिब निमुखा उठ्नू छ,हातमा हात लिएर जुट्नु छ
सबेको एकताले आउनेछ क्रान्ति पुग्नेछ बस्ति भित्र शान्ति
सबैको अनुहार उज्यालो हुनेछ
साँइलाले हो फुर्सेनीले आफ्नै भूमिमा केहि गर्ने छिन्
मेरो नेपालमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।