ताजा अपडेट »

संक्रमण विरुद्धको अभियानमा रेडियो प्रभावकारी

विहीबार, ०१ जेठ २०७७, २१ : ५५
20 Shares
विहीबार, ०१ जेठ २०७७
20 Shares

रेडियो र स्थानीय तह बीच समन्वयको अभाव


बुटवल । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) बारे सचेतना फैलाउनका लागि सरल र भरपर्दो माध्यमका रुपमा एफएम तथा रेडियोलाई लिइए पनि यस क्षेत्रका स्थानीय निकायहरुले यसको प्रयोगलाई चासो दिएका छैनन् । मुुलुक बन्दाबन्दी भएको समयमा घर–घरमा सूचना पूर्याउनका लागि रेडियोले महत्वपूर्ण भूमिका खेल्न सक्ने स्थानीय नियका जनप्रतिनिधि तथा सरकारका विभिन्न तहका व्यक्तिहरुले भन्ने गरेपनि यसको व्यवहारिक प्रयोग भने नभएको हो ।नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जि.सि.ले यो अवधिमा सबैभन्दा सुरक्षित सरल र सबैको पहुँचमा सूचना पुग्ने माध्यम एफएम रेडियो भएका कारण यसको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औल्याएँ ।

स्थानीय निकायहरुले आफ्ना क्षेत्रमा भएका एफएम रेडियोहरुलाई अधिकतम प्रयोगमा ल्याउनु पर्ने उनको धारणा छ । संघीय सकार, प्रदेश सरकार तथा स्थानीय सकारले यो विपदको बेलामा एफएम रेडियोहरुसँग समन्वय गरे सचेतनाका कार्यक्रम प्रभावकारी हुन सक्ने सरोकारवालाहरु बताउँछन् ।इन्टरनेट, टेलिभिजन तथा पत्रपत्रिकाको पहूँच नभएका ठाउँहरुमा सूचना प्रवाह गर्न रेडियो सरल माध्यम भएपनि सरकारका सम्बन्धित निकायहरुले समन्वयमा चासो नदिएको रेडियो प्रशारक संघ रुपन्देही,अध्यक्ष कल्पना तिवारीले बताइन् । बुटवलबाट प्रसारण हुने रेडियो मुक्तिको स्टेशन म्यानेजर समेत रहेकी तिवारीले प्रदेश सरकार तथा बुटवल उपमहानगरपालिकाले समेत अहिलेसम्म कोरोना सम्बन्धि सूचना तथा जानकारीहरु प्रचारप्रसारका लागि समन्वय नगरेको बताइन् । विभिन्न कार्यक्रम तथा अन्यत्र पनि मुलुक बन्दाबन्दीको अवस्थामा सूचना प्रवाह गर्नका लागि सरल र सहज माध्यम रेडियो हुने गरेको स्थानीय जनप्रतिनिधि तथा सरकारका व्यक्तिहरुबाट अभिव्यक्ति आउने गरेपनि त्यसको व्यवहारिक प्रयोग भने नभएको उनले बताइन् । सामाजिक दूरी कामय राख्नु पर्ने र ठूला जमघट तथा भेटघाट बिनानै सूचना प्रवाहका लागि सरल उपाय एफएम रेडियो भएपनि स्थानीय निकायहरुले यसको प्रयोगलाई खासै चासो नदिएको रेडियो सञ्चालक तथा रेडियोकर्मीहरु बताउँछन्।

निजी क्षेत्रबाट सञ्चालित बुटवल एफएमका स्टेशन म्यानेजर माधव नेपाल । ‘सरकारका प्रतिनिधीहरुले रेडियोलाई सूचना प्रभावहको प्रभावकारी माध्यम भनेर जती मुुखले भन्ने गरे पनि व्यवहारमा त्यसो गरेको पाइएन’–उनले भने । महामारीको विषम परिस्थितिमा जनतालाई शु–सूचित गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीलाई भने आ–आफ्नो क्षेत्रबाट एफएम तथा रेडियोहरुले पूूरा गरिरहेको उनले बताए । प्रदेश सरकार तथा स्थानीय निकायकोतर्फबाट समेत कोरोना विरुद्धको सूचना प्रवाहका लागि कुनै समन्वय नगरेको उनले बताए ।

त्यसैगरी बुटवलबाट नै प्रसारण हुने सामुदायिक रेडियो जागरका स्टेशन म्यानेजर विनोद परियारले पनि स्थानीय निकायहरुले आफ्ना क्षेत्रभित्र रहेका एफएम रेडियोहरुलाई प्रयोग गर्नका लागि रणनीति तयार पार्नुपर्ने धारणा व्यक्त गरे । महाविपद्को यो समयमा रेडियोहरुले आ–आफ्ना क्षेत्रहरुबाट जनतालाई सूचना प्रवाह गर्दै जिम्मेवारीहरु पूूरा गरेपनि सम्बन्धित सरकारी निकायहरुबाट भने कुनै सहयोग तथा समन्वय नभएको उनले बताए।

बुटवल उपमहानगरापालिकाका मेयर शिबराज सुबेदीले भने यो बेला समन्वय गर्ने नगर्ने भन्दा पनि आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्नुपर्ने बेला भएको बताए । यो समयमा रेडियोहरुलाई सरल र सुरक्षति माध्यमका लागि सूचना प्रवाहमा प्रयोग गर्न सकिन्छ नि भन्ने प्रश्नको जवाफमा उनले पत्रकार महासंघसँग समन्वय भइरहेको बताए । समन्वय गर्न चाहने एफएम रेडियो तथा सञ्चारसंस्थाहरु महासंघको माध्यमबाट आफै समन्वयका लागि महानगरापालिकामा आउनु पर्ने मेयर सुवेदीको जवाफ छ

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले भने सकेसम्म मिडिया तथा मिडियाकर्मीहरुसँग समन्वय गर्ने काम भएको बताए । अनलाइन तथा रेडियोका माध्यमबाटकोरोना विरुद्धका अभियान सम्बन्धि सचेतना फैलाउने काम भएको उनले बताए । यसैरी तिलोत्तमामा रहेका सञ्चारकर्मीहरुको छाता संगठन तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेलले भने मिडिया हाउस र स्थानीय निकाय बीच प्रयाप्त समन्वय हुन नसकेको बताउछन् । समन्वय तथा सहकार्यका माध्यमबाट सचेतना जगाउने र सुचना प्रचार प्रसार गर्ने प्रयोजनका लागि स्थानीय निकाय तथा सञ्चार गृह दुबैतर्फबाट कम्जोरी देखिएको उनको बुझाई छ । तिलोत्तामामा स्थानीय निकाय र सञ्चारकर्मीहरु बीचको सम्बन्ध र समन्वय प्रभावकारी भए पनि मिडिया हाउसँगको समन्वय केही कमजोर भएको उनले बताए ।

सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले भने कोरोना विरुद्धको अभियानमा आफ्नो क्षेत्रभित्र भएका सबै एफएम रेडियोहरुलाई अधिक्तम प्रयोग गरिएको बताएका छन् । सुचना तथा सन्देशमूलक गतिविधीका साथै आकस्मिक सूचना प्रवाहका लागि एफएम रेडियोको प्रयोग गर्ने गरिएको उनले बताए । विद्यार्थीहरुका लागि सैनामैना नगरका तथा रुपन्देहीको छिमेकी जिल्ला पाल्पा तथा कपिलवस्तुका केही भेगका विद्यार्थीहरुले समेत फाइदा लिन सक्ने गरी परिक्षा तयारी कक्षाहरु रेडियो मार्फत सञ्चालन गरिएको उनले बताए ।

त्यसैगरी देवदह नगरपालिकाले पनि एफएम रेडियोहरुसँग समन्वय गर्दै सूचना प्रभावह तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको मेयर हिराबहादुर के.सीले बताए । सामाजिक दुरी कायम राख्नुपर्ने तथा सबैको पहुँचमा पुग्ने भरपर्दो माध्यम एफएम रेडियो भएका कारण विद्यार्थीहरुका लागि परीक्षाको तयारी कक्षा समेत सञ्चालन गर्दै आएको उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।