परासी । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका- ५ बसहियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनीहरुका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन (प्रति फाइल पन्ध्र चक्की) र स्पास्मो ५४ फाइल (प्रतिफाइल आठ क्याप्सुल) बरामद गरिएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भेटिएको प्रनाउ थापाले बताए । उक्त कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया