बुटवल । बुटवल उपमहानगरपालिकाले लकडाउनको समयमा सामाजिक दुरीको कायम गरि खोल्न पाइने पसलको समय तालिका र प्रयोग गर्न पाइने सवारी साधनहरुकको सूचि जानकारी गराएको छ । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आज एक सूचना जारी गर्दै लकडाउनमा खेल्न पाइने पसलको समय तालिका सार्वजनिक गरेको हो ।
बुटवल नगरले जारी गरेको सूचना अनुसार दाल, चामल, नुनतेल, तरकारी तथा पसलहरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खेल्न पाइने छ । त्यस्तै बीउविजन, पशुपंक्षी दाना, एग्रोेभेट, भेटेनरी औषधि पसल र नर्सरी पनि बिहान ९ बजेदेखि २ बजेसम्म खोल्न पाइने छ । दुध, दुग्धजन्य पदार्थ तथा डेरी पसलका लागि विहान ६ देखि ८ बजे र बेलुका ५ देखि ७ बजेको खोल्न पाइने छ भने सबै प्रकारका औषधि पसलहरु जुनसुकै सममा खोल्न पाइने छ ।
गैरखाद्य सामग्री विक्री गर्ने जुनसुकै पसल भने खेल्न पाइने छैन् । त्यस्तै होटल, रेष्टुरेण्ट, शैलून, ब्यूटिपार्लर, सिनेमा हल र जिमखाना भने खोल्न पाइने छैन । निजि तथा सामुदायिक विद्यालय पनि खोल्न पाइने छैन ।
त्यसैगरी अत्यावश्यक सेवाका (स्वास्थ्य, सरसफाई, सुरक्षा, विद्युत, खानेपानी) र सरकारी काममा हिडेका सरकारी कर्मचारीले प्रयोग गरेका सवारी साधन र सवारी पास लिएका सवारी साधन मात्रै चलाउन पाइने सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया