फागुन १९,
बुटवल । कालिका मानवज्ञान माविका विद्यार्थीहरुले बुटवलमा ५० जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।कालिका मानवज्ञान माविका विद्यार्थीहरुको अल्फा क्लबले विद्यार्थीहरुबाट सहयोग संकलन गरि विपन्न विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
अल्फा क्लबले बुटवल ११ नयाँ दुर्गानगरमा अवस्थित मायादेवी जनजागृति आधारभूत विद्यालायमा एक कार्यक्रमको आयोजना गरि सुर्योदय आधारभूत विद्यालय, जनशक्ति नमूना आधारभूत विद्यालय, मैनाबगर आधारभूत विद्यालय,मायादेवी आधारभूत विद्यालय र शहिद स्मृति आधारभूत विद्यालयका अध्ययनरत विपन्न विद्यार्थिहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
त्यसैगरी कालिका मानवज्ञान माविले मायादेवी र शहिद स्मृति विद्यालयका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले १०/१० सेट डेक्स र बेन्च र कुर्सी प्रदान गरेको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै कालिका मानवज्ञान माविका ठुला र साधनश्रोत सम्पन्न विद्यालयहरुले आफुले उन्नति गर्दै जाने तर समुदायमा रहेका अन्य विद्यालयहरु कमजोर नै रहिरहने भएमा समाजमा सबै बालबालिकाहरु शिक्षाको सहज पहुचमा नआउने भएकोले सक्षम विद्यालयले कमजोर विद्यालयलाई र आर्थिक रुपमा सक्षम विद्यार्थीहरुले विपन्न बिद्यार्थिहरुलाई आर्थिक र भौतिक सहयोग गरेमा कुनैपनि बालबालिकाहरु शिक्षाको अवसरबाट बन्चित नहुने बताए ।
मायादेवी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुंगले बुटवल उपमहानगरपालिका शिक्षाको केन्द्रको रुपमा विकास भैरहदा पनि तिनाउ किनारका वस्तीका विद्यालयहरु राज्यको आखाबाट ओझेलमा परेकोले विद्यालयहरु शैक्षिक र भौतिक रुपमा कमजोर बनिरहेको गुनासो गर्दै साना विद्यालयहरुमा विपन्न बालबालिकाहरु अध्ययन गर्ने हुनाले उनीहरुलाई राज्य र समुदायले विशेष सहयोग गर्नुपर्ने बताए ।
तिनाउ र दानो नदि किनारमा बसोबास गरि विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई उनीहरुको विद्यालयको सिफारिसको आधारमा छनौट गरि शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रमका क्लबकी अध्यक्ष कामना पौडेलले विभिन्न समयमा विद्यार्थीहरुबाट सहयोग संकलन गरि वृद्धाश्रम, अनाथालय, अपांग आश्रम लगायतलाई सहयोग गरेको भएपनि विपन्न विद्यार्थीहरुलाई सहयोग गर्दा बढी सन्तुष्टि मिलेको र यस्तो कार्यलाई निरनतरता दिने बताईन ।
प्रतिक्रिया