ताजा अपडेट »

विद्यार्थी भर्ना रोक्न र अनलाइन कक्षाको शुल्क नलिन सरकारको निर्देशन

सोमबार, २२ बैशाख २०७७, २० : १२
2 Shares
सोमबार, २२ बैशाख २०७७
2 Shares

बुटवल । सरकारले अर्को सूचना नआउँदासम्मका लागि विद्यार्थी भर्ना र अनलाइन कक्षाको नाममा शुल्क असुल नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै सबै विद्यालयहरुको भर्ना र पठन-पाठन स्थगित भएको हुदाँ अर्को सूचना जारी नहुदाँसम्मका लागि भर्ना र पठन/पाठन रोक्न निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो । साथै भर्नाका नाममा कुनै पनि शुल्क नलिन, अनलाइन पठन-पाठनको नाममा शुल्क असुल नगर्न र बैँक खातामा रकम जम्मा गराउने जस्ता काम नगर्न पनि निर्देशन दिएको छ ।

एसईई , कक्षा ११ र १२ को परिक्षाका सन्दर्भमा अहिलेसम्म कुनैपनि निर्णय नभएको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।