बुटवल । बुटवलको देविनगरमा रहेको तिनाउ माध्यमिक विद्यालयले अनलाइन मार्फत विद्यार्थीलाई गृहकार्य दिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले गर्दा लामो समयसम्म कक्षा सञ्चालन नभएकाले अनलाइन कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । गृहकार्य हरेकदिनको गृहकार्य एक दिन अगाडी दिइने छ ।
विद्यालय वेभसाइट www.tinauschool.com वा फेसबुक पेज Tinau English Boarding School मार्फत विद्यार्थीहरुलाई गृहकार्य दिन सुरु गरिएको विद्यालयका प्रचार्य सिता पाण्डे बताइन। साथै उनले अभिभावकलाई आ–आफ्ना छोराछोरीलाई उक्त विद्यालयको फेसबुक पेज तथा वेभ साइट मार्फत गृहकार्य गर्न सहयोग गर्न र हेर्न समेत आग्रह गरेका छन् । गृहकार्य विद्यालय खुल्दाको दिन जाँज गरिने र सबै भन्दा राम्रो गृहकार्य गर्ने विद्यार्थीलाई पुस्कारको व्यवस्था गरिएको विद्यालयका उप–प्रचार्य ईश्वरी पाण्डेले बताए ।
विद्यालयले एसईई दिने विद्यार्थीलाई अनलाइन कक्षा पनि सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया