ताजा अपडेट »

विद्यालयको नतिजा प्रकाशन तथा भर्ना कार्यक्रम रोक्न निर्देशन

विहीबार, १८ बैशाख २०७७, १६ : १८
46 Shares
विहीबार, १८ बैशाख २०७७
46 Shares

भैरहवा । काेराेना भाईरसलाई दृस्टीगतगरि सिद्धार्थनगरपालिकाले नगरभित्रका सबै विद्यालयले नया भर्ना र बार्षिक परिक्षाफल राेक्न निर्देशन दिएकाे छ ।नगरकाे शिक्षासमितिकाे राय अनुसार उक्त निर्णय भएकाे नगर उपप्रमुख उमा काफ्लेले बताईन् ।

काेराेनाकाे महामारिकाे बेला लकडाउन कायम भएकाे अवस्थामा नगरले गरेकाे निर्देशन उपयुक्त नै भएकाे प्याब्सन नेपालका उपाध्यक्ष बिस्नु पन्थिले बताए । उनले भने, " यतिबेला नया भर्ना र परिक्षाफल प्रकाशन गर्दा झन समस्या अाउन सक्छ । नगरले राेक्न भनेकाे छ । सबै विद्यालयले राेक्नुपर्दछ ।"सिद्धार्थनगरमा १७ वटा सामुदायिक, ४६ संस्थागत विद्यालय छन् । चैत ५ गते कक्षा ९ सम्मकाे परीक्षा सकिसकेकाे छ । केही विद्यालयहरुले बार्षिक परिक्षाफल प्रकाशन गर्ने तयारि गरेकाे र भर्ना शुरु गरेकाे भन्ने सुचना अाएपछि नगरका नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापकरुकाे अनाैपचारिक बैठक बसेकाे हाे ।

नगरले अर्काे सूचना नभएसम्म विद्यालयहरुले परिक्षाफल तयारि अवस्थामा राख्न अनुराेध गर्दै तत्काल प्रकाशन तथा नया भर्ना नगर्न सामाजिक बिकास मन्त्रालयकाे निर्देशन अनुसार नगरले निर्देशन दिएकाे प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम मरासिनिले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।