ताजा अपडेट »

प्याब्सन बुटवलद्वारा नगरपालिकाको राहत कोषमा सहयोग रकम प्रदान

बुधबार, १० बैशाख २०७७, १७ : ४४
10 Shares
बुधबार, १० बैशाख २०७७
10 Shares

बुटवल । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाको विपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतृत्वमा गएको टोलिले बुधबार एक कार्यक्रम बीच नगर प्रमुख शिबराज सुवेदीलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो । प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी विद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा विपत्तिमा परेका विपन्न नागरिकको सहयोगका लागि प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शुबेदीले विपन्न नागरिकका लागि भनी प्रदान गरिएको रकमले नगरपालिकालाई आफ्नो नगरका विपन्न नागरिकलाई सहयोगका लागि टेवा पुग्ने धारणा राखे । राहत रकम प्रदान कार्यक्रमको संचालन सचिब मित्र हरी आचार्यले गरेका थिए । त्यसैगरी प्याब्सन केन्द्रिय समितिको राहत कोषका लागि पनि नगर समितिले आफ्नो मातहतका विद्यालयबाट थप रकम समेत संकलन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।