बुटवल । सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभरि शुल्क तिर्न नसकेकका ग्राहकको लाइन नकाट्न निर्देशन दिएता पनि दूरसञ्चार प्राधिकरणले कार्यान्वयन नगर्ने भएका छन् ।
प्राधिकरणले जारी गरेको सूचना विपरित इन्टरनेट सेवा प्रदायकहरुले महशुल भुक्तानीबिना सेवा सुचारु गर्न नसक्ने स्पष्ट पारेका हुन् । प्राधिकरणले गत बिहीबार सूचना जारी गर्दै ग्राहकले पैसा तिर्न नसके पनि लकडाउन अवधिभर इन्टरनेट सेवा सुचारु राख्न निर्देशन दिएको थियो । इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनका अध्यक्ष भोजरान भट्टले प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमापूर्ण अशक्त भएका घरमा कुनै घरयासी सहयोगी नभएका वृद्ध ग्राहकको हकमा मात्रै सूचनामा उल्लेख भएसरह भुक्तानी नगरे पनि सेवा सूचारु राख्ने जनाएको बताए ।
एशोसिएसनले अहिले सबै सेवा प्रदायकहरु डिजिटल भुक्तानीमा जोडिइसकेको दाबी गर्दै ग्राहकलाई आफ्नो महशुल अनलाइनबाट समयमै तिर्न सक्ने विकल्प सुझाएको छ ।
प्रतिक्रिया