बुटवल । बुटवलको देविनगरमा रहेको तिनाउ माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षा संचालन गरिरहेको छ । कोराना भाइरसको कारण लक डाउन भएपछि घरमा बसिरहेका विद्यार्थीहरुको पढाइलाइ निरन्तरता दिन अनलाइन कक्षा संचालन गरेको बिद्यालयले बताएको छ ।
अनलाइन एप्लिकेसन मार्फत बिषयगत शिक्षकले अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी बिध्यालय का उपप्राचार्य ईश्वरि पाण्डेले बताए । लकडाउनको मारमा परेर घरमै बसिरहेका बिद्यार्थीहरुलाइ यसरी कक्षा संचालन गरेपछि पठनपाठन सहज भएको र बिद्यार्थीहरुमा रहेको समस्या समाधान गर्न सजिलो भएको प्रधानाध्यापक सीता पाण्डेले बताए।
क्रमश: बिद्यालयका अन्य कक्षाहरु र गृहकार्यमा पनि प्रबिधिको अधिकतम प्रयोग गरि स्मार्ट बिद्यालयको रुपमा सञ्चालन गर्दै जाने विद्यालयको तयारी रहेको विद्यालयका अध्यक्ष यज्ञ मुर्ति पाण्डेले बताए। अनलाईन कक्षामा बिद्यार्थीहरुको रुचि समेत देखिएको छ । सो विद्यालयबाट ५० जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुदैछन ।
चैत्र ६ गतेबाट हुने भनिएको यस बर्षको एसईई परीक्षा कोरोना भाइरसको जोखिमका कारण अघिल्लो दिन साँझ स्थगित भएपछि विद्यार्थीहरुमा अन्यौलता देखिन्छ । यस बर्षको एसईई परिक्षा लकडाउन खुलेको १५ दिन पछि सुरु हुने गरी शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रालयले तयारी गरेको छ । परीक्षा कहिले हुन्छ भन्ने चिन्ता भन्दा पनि परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई तथा संभव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न सम्वन्धित विद्यालयहरुलाई मन्त्रालयले निर्देशन गरेको छ ।
प्रतिक्रिया