बुटवल । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रणबाट बच्नका लागि सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गर्दै सुरक्षित रुपमा बस्न आह्वान गरेको छ । तर काठमाडौँ उपत्यकाबाट झण्डै ६ लाख नागरिक बाहिरी सकेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै होइन तराईका विभिन्न ठूला शहरहरुबाट गाउँ फर्कनेहरुको भिड लागको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट पनि दशैँ, तिहारमा जस्तै यात्रु बाहिरिने क्रम बढी रहेको छ । बुटवलको बस पार्कमा आइतबार बिहानैदेखि अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्गजा, बाग्लुङ, पर्वत लगायतका पहाडी जिल्ला जाने मानिसको भिड रहेको थियो । बुटवलबाट कति नागरिक बाहिरीए भन्ने आधिकारीक तथ्याङ्क नभए पनि हजारौँ नागरिक शहर छोडेर गाउँ लागेका हुन् । आफ्नो पहाड घर अर्घाखाँची फर्किनका लागेका एक विद्यार्थीले भने ‘म स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी हुँ । शहरमा बस्दा कोरोना लाग्छ भनेर बुवा आमाले ढिपी गरेपछि गाउँ फर्किन लागेको छु ।’
कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो आइतबारदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइसरको त्रास र डरका कारणले नै सरकारले परिक्षा चैत ६ गतेबाट सुरु हु्न लागेको एसईई परिक्षा स्थगित गरेको छ । भने त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । सरकारको आग्रहमा कक्षा ९ सम्मका परिक्षा चैत ५ गते भन्दा अगाडि नै सकिएका छन् । हालसम्म नेपालमा कोहि पनि कोरोना भाइरसबाट संक्रमित नभए पनि नेपालमा पनि उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संघठनले साबधानी अपनाउन आग्रह गरेको छ । गत महिना छिमेकी देश चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस ( कोभिड १९) हाल विश्वका १८६ भन्दा बढी देशमा देखा परेको छ ।
यस भाइरस लागेर हालसम्म १३ हजार ४८ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरण अनुसार संसारभर ३ लाख ७ हजार २७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । संक्रमित व्यक्तिमध्ये ९२ हजार ३७२ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल संक्रमित रहेका छन् ।
प्रतिक्रिया