बुटवल । त्रिभुवन विश्वविद्यालयले भोली चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटाले जानकारी दिए । आजको परीक्षा भने त्रिविले यथावत् रुपमा लिएको छ ।विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ ।
प्रतिक्रिया