ताजा अपडेट »

कक्षा ९ सम्मकाे परीक्षा आज सकिदै,७० लाख विद्यार्थी अब घरमा

बुधबार, ०५ चैत्र २०७६, ०७ : ५५
20 Shares
बुधबार, ०५ चैत्र २०७६
20 Shares

बुटवल । बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो ।

कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबारसम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार बुधबारसम्ममा देशभरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिएपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले घरबाहिर नजान पनि सबैसँग आग्रह गरेको छ । मन्त्रालयले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । बिहीबारदेखि आउँदो १७ गते सोमबारसम्म देशभरका एक हजार ९ सय ९५ परीक्षा केन्द्रमा चार लाख ८२ हजार दुई सय १९ जनाले परीक्षा दिने तयारी छ । सात सय ५३ वटै पालिकालाई हेल्थ डेस्क राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।