ताजा अपडेट »

गुल्मीमा यसवर्ष २८ जना विद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चित

सोमबार, ०३ चैत्र २०७६, १९ : ४५
26 Shares
सोमबार, ०३ चैत्र २०७६
26 Shares

गुल्मी । गुल्मीमा यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिनबाट २८ जना विद्यार्थी बञ्चित भएका छन् । जसमा छात्रा १८ जना र छात्र १० जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले बताए । ७० प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत्र ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा जिल्लाका १ सय ४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने ज्ञवालीले जानकारी दिए । छात्रा २ हजार ५ सय १५ जना र छात्र २ हजार १ सय ९२ जना परिक्षामा सहभागी हुने उनले बताए । नियमिततर्फ ४ हजार ६ सय २८ जसमा छात्रा २ हजार ४ सय ८४ र छात्र २ हजार १ सय ४४ जना सहभागी हुनेछन् । त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसइइ)मा सधारणतर्फ ४ हजार ४ सय ७४ जसमा छात्रा २ हजार ४ सय ८ र छात्र २ हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताए ।

जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्षको एसइइमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा रेसुङ्गा मावि तम्घास, उदय मावि शान्तिपुर, पाञ्चायन मावि जैसिथोक, जनज्योति मावि रिमुवा, हिमालय मावि हस्तिचौर, जनबोध मावि रानीबासका १ सय ५१ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । छात्रा ७३ जना र छात्र ७८ जना सहभागी हुनेछन् । रेसुङ्गा मावी तम्घास र जनज्योति मावी रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीबिज्ञान अध्ययन गरेका परिक्षार्थीहरु सहभागी हुने प्राविधिक सहायक पौडेलले बताए । जिल्लाको एक जना छात्र विद्यार्थी काठमान्डौ कारगारबाट परिक्षामा सहभागी हुने इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए ।

२६ वटा परिक्षा केन्द्र

आगामी चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ)को तीव्र रुपमा तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्षको परिक्षालाई व्यवस्थित र मर्या्दित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत: त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले बताए । अहिले परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।