ताजा अपडेट »

महोत्सवको तयारी अन्तिम चरणमा, ३ करोड बढी सहयोग संकलन

आइतबार, १२ फागुन २०७५, ०० : २०
36 Shares
आइतबार, १२ फागुन २०७५
36 Shares


फागुन १२,
गुल्मी । महेन्द्र आदर्श माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. ७, वामीटक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगको हो ।

फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भागवत भाष्कर पण्डित श्री कमलनयन गौतम ज्यूको मुखारवृन्दवाट प्रवचन हुने महायज्ञमा महोत्सवको अवधिभरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेपाली काग्रेसका महामन्त्रि डा. सशांक कोइराला, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्ट लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।


इन्जिनियरिङ सहितको प्राविधिक शिक्षा सञ्चालनको उद्धेश्य सहित संचालन गरिने कार्यक्रमको लागि हाल सम्म झण्डै ३ करोडको वोल भैसकेको महोत्सव सचिवालयले जनाएको छ । जसअनुसार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ कै गणेश तथा इश्वरी सापकोटाले ६ लाख ६१ हजार ६ सय ६१, मुसिकोट नगरपालिका वडा नं. ७ कै चुरामणि सापकोटाले ५ लाख ११ हजार ९ सय ९९, मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल क्यानडामा रहनुहुने लेखनाथ सापकोटाले ५ लाख ५५ हजार ५ सय ५५, मुसिकोट नगरपालिका वडा नं. ७ कै कृष्ण प्रसाद सापकोटाले ३ लाख ३३ हजार ३ सय ३३, मुसिकोट नगरपालिका वडा नं. ७ कै किसोर वौद्धचार्यले ३ लाख ३३ हजार ३ सय ३३, तथा मुसिकोट नगरपालिका वडा नं. ८ का भिम वहादुर रायमाझिले ३ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गर्नुभएको छ । हाल सम्म झण्डै ४ सय जना भन्दा वढि दानविरहरुले सहयोग रकम बोलगरेको सचिवालयले जनाएको छ ।


कार्यक्रममा सवै चन्दादातालाई वोल रकमका आधारमा सम्मान गरिने विद्यालयले जनाएको छ। कार्यक्रमको तयारीको लागि विद्यालय सहित वामीटक्सार वजारलाई दुलहि झैं सिँगारिएको छ । वडा नं. ७ का विभिन्न स्थानहरुमा स्वागतद्धारहरु निर्माण गरिएको छ । ४० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको अर्ध कदको सालिक तथा ५० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको पूर्णकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित गर्न हिरक महोत्सव मुल समारोह समिति सहित विभिन्न उपसमिति तथा सचिवालयको गठन गरि कार्यसम्पादन गरिएको छ ।

वामीटक्सारको इतिहासमा पहिलो पटक २०१६ सालमा तत्कालिन राजा महेन्द्र संगै प्रधानमन्त्रि विपि कोइराला आए यता पहिलो पटक प्रधानमन्त्रि केपि शर्मा ओली आउने भएपछि स्थानियहरु उत्साहित भएका छन् । गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन्।

५ करोड रकम संकलन गरि प्राविधि युक्त शिक्षा संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको आर्थिक अभियानमा महायज्ञ सुरुहुनु पूर्व नै ३ करोड वढि रकम संकलन भए संगै आयोजक उत्साहित भएको छ। कार्यक्रम अवधिभर लक्ष्यभन्दा वढि रकम उठ्ने मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।