बुटवल । लागु औधषसहित रुपन्देहीमा २ जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा सैनामैना नगरपालिका–९ बस्ने २९ वर्षका रमेश भन्ने शिवबहादुर खत्री र सोही स्थानकै १९ वर्षका रुपेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
उनीहरुलाई प्रहरीले शुक्रबार सैनामैना नगरपालिका–९ भड्सी भन्ने स्थानमा शंकास्पद रुपमा फेला पारी चेकजाँज गर्दा लागु औषध सहित प्रक्राउ गरिएको प्रवक्ता खड्काले बताए । उनीहरुको साथबाट १०० पुरिया खैरो हेरोईन जस्तो धुलो पदार्थ तौल गर्दा २ ग्राम १७० मिलिग्राम बरामद गरिएको उनले बताए । सरकारी बिदा परेकाले सोमबार मात्रै अदालतबाट म्याद थप गरी लागु औषध मुद्धामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्काले बताए ।
प्रतिक्रिया