फागुन २२,
बुटवल । बुटवल ७ दिपनगरमा अवस्थीत त्रिभुवन युनाइटेड एकेडेमिले कोरोना भाइरसको बारेमा जनचेतना फैलाएको छ । महामारीको रुप लिइसकेको कोरोनाले विश्वमै सन्त्रास फैलाएको छ । केरोना बारेमा भाइरसविरुद्ध जनचेतना फैलाउन टोलछिमेकमा जागरण ल्याउने यस क्षेत्रमा रोग फैलिन नदिने उद्धेश्यले त्रिभुवन युनाइटेड एकडेमिले अभियान चलाएको विद्यालयका प्रार्चाय शंकर थापाले बताए ।
एकडेमिले बुटवलको वडा नम्बर ७ का घरघरमा पुगेर कोरोनाका बारेमा लेखिएका पर्चा बाड्नुका साथै रोगबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए । विद्यालयमा कार्यक्रम गरेर निस्केको जनचेतानामुलक र्याली प्लेकार्ड सहित शिक्षक र विद्यार्थी संचालक समितिले समुह बनाएर बुटवल वडा नम्बर ७ दिपनगरका घरघर गल्ली गल्लीमा पुगेर पर्चा वितरण गरेको हो । कोरोना भाइरस नेपालमा र त्यसमापनि बुटवलमा फैलिन सक्ने भएकाले पुर्व तयारीका उपाय अपनाउनु जरुरी ठानेर सचेतना कार्यक्रम गरिएको सह–प्रचार्य रामचन्द्र बस्यालले जानाकारी दिए । “संक्रमण भइसकेपछि पछुताउनु भन्दा संक्रमण हुन नदिनु उत्तम हुने र विद्यार्थीद्धारा फैलाउने जनचेतना सबै भन्दा प्रभावकारी हुने भएकाले कोरोना विरुद्धको जनचेतना फैलाउने प्रयास गरिएको विद्यालयका संचालक दिपक न्यौपानेले बताए ।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष कमल प्रताप थापाले विद्यालयले गरेको अभियान प्रंससा योग्य भएको बताए । एकेडेमिका अध्यक्ष उमाकान्त बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सह–प्रचार्य रामचन्द्र बस्यालले गरेका थिए।
प्रतिक्रिया