ताजा अपडेट »

मुख्य चार शहरमा वैशाख १ बाट टेलिकमको टेलिभिजन

सोमबार, १९ फागुन २०७६, ११ : ०९
18 Shares
सोमबार, १९ फागुन २०७६
18 Shares

बुटवल । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवाको पहिलो चरणको परिक्षण प्रशारण गरेको छ । कम्पनीले आगामी वैशाख १ गतेदेखि आफ्ना ग्राहकलाई इन्टरनेटमा आधारित टेलिफोन सेवा उपलब्ध गराउन लागेको छ । इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले केही दिन अगाडी परीक्षण प्रशारण सम्पन्न गरेको हो । अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा यो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकममा प्रवन्ध निर्देशक दिल्लीराम अधिकारीले बताए ।

पहिलो चरणमा अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा उक्त सेवा विस्तार गर्ने उनले बताए । ‘त्यसपछि देशव्यापी रुपमा यस्तो सेवा उपलब्ध हुनेछ,’उनले भने ‘अहिले उक्त सेवा परीक्षणको काम भइरहेको छ ।’ टेलिकमका अनुसार सोमबार पहिलो चरणको परीक्षण प्रसारण गरिएको छ । उक्त परीक्षण सकारात्मक भएको टेलिकमले जनाएको छ । यो सेवा आउँदो वैशाख १ देखि ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । परिक्षण सफल भइरहेको छ । एक डेढ महिनापछि सो सेवा उपलब्ध गराउने तयारी भइरहेको छ । अप्टिकल फाइबर भएको मुख्य चार वटा शहरमा यो सेवा प्रदान गर्न लागेको हो । हाल सेवा वल्र्डलिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएका छन् । ती कम्पनीहरूले जस्तै टेलिकमले पनि अब ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउन लागेको अधिकारीले बताए ।

हाल नेपाल टेलिकमबाट १ करोड ३ लाख २२ हवार इन्टरनेट सेवा लिने ९ सय ४२ जनाले इन्टरनेट सेवा लिइरहेका छन् । यो कुल इन्टरनेटकर्ताको करिब ४९ प्रतिशत हो । गत कार्र्तिकमसान्तसम्म नेपालमा विभिन्न टेलिकम सेवा प्रदायकबाट २ करोड ११ लाख ७ हजार ५ सय ९० जनाले यस्तो सेवा लिइरहेको दूर सञ्चार प्राधिकरणले जनाएको छ । हाल नेपालमा नेपाल दूर सञ्चार कम्पनी ९नेपाल टेलिकम०,युनाइटेड टेलिकम, एनसेल, नेपाल स्याटलाइट टेलिकम र स्मार्टदेलिकम गरी ५ वटा कम्पनीले इन्टरनेटसेवा उपलब्ध गराइराखेका छन् । बोडब्याण्ड सेवा लिनेमध्ये ७८ प्रतिशत मोबाइलकर्ता छन् भने २१ प्रतिशत पिक्स वायर र वाँकी १ प्रतिशतमात्र वायरलेशबाट इन्टरनेट सेवा लिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।