फागुन १८,
ग्लोबल आवाज
बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा अध्ययन गरेका भूपू विद्यार्थीहरुको सस्था कालिका भूपू विद्यार्थी समाजले लक्ष्मण क्षेत्रीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपालकै अग्रणी शैक्षिक सस्थाको रुपमा राष्ट्रिय छबि बनाउन सफल कालिका मानवज्ञान माविमा विभिन्न समयमा अध्ययन गरि विभिन्न ठाउँमा छरिएर रहेका भूपू विद्यार्थीहरुलाई एकीकृत गरि अनूभवहरु आदानप्रदान गर्ने, विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले दश वर्ष अघि समाजको गठन गरिएको थियो।
समाजको अग्रसरतामा कालिका मानवज्ञान माविको सभाहलमा भएको पुनर्मिलन कार्यक्रम तथा वृहत भेलाले १९ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला पन्त हमाल र श्याम सापकोटा, महासचिवमा नरेन्द्र पौडेल. सचिवमा शान्ति ध्वजु, कोषाध्यक्षमा विष्णु प्रसाद भण्डारी सर्वसम्मतिले चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा यशोधा पोख्रेल, दुर्गा कुमारी आचार्य, पुष्प प्रसाद पौडेल, यमुना रोका मगर, तुलसी चिडी, गीता बश्याल लामिछाने, रोशन खनाल, युनिषा गुरुङ, बुद्धिराम चौधरी, लक्षमण प्रसाद गैरे, गंगाधर आचार्य, तेज बहादुर अर्गेजा र विक्रम जिसी रहेका छन्।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले कालिकाका विद्यार्थीहरु राज्यका हरेक क्षेत्रमा अब्बल देखिएकोले उनीहरुले आफ्नो क्षमता र अनुभव विद्यालयसँग बाँड़ेमा कालिकाले अझ धेरै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिले विद्यार्थीहरु जहाँ भएपनि विद्यालयलाई विर्सन नसक्ने भएकोले विद्यालयको प्रगतिले भूपू विद्यार्थीलाई खुशी दिने र विद्यार्थीहरुको गरेको प्रगतिले विद्यालयको सबै सरोकारवालाहरुलाई खुशी बनाउने भएकोले विद्यार्थीहरु सधै विद्यालयसँग रहिरहने बताए । समाजकी निवर्तमान अध्यक्ष पुनम कुँवरले भूपू विद्यार्थीहरुले विगतमा संचालन गरेका कल्याणकारी कार्यक्रमहरुको चर्चा गर्दै आगामी दिनहरुमा त्यस्ता कार्यक्रमहरुलाई नियमित र प्रभावकारी बनाउदै जाने प्रतिबद्दता व्यक्त गरिन् । पुनर्मिलन तथा वृहत भेलाको संचालन निवर्तमान सचिव कृष्ण चौहानले गरेका थिए ।
प्रतिक्रिया