माघ १८,
ग्लोबल आवाज
सैनामैना । रुपन्देहीको सैनामैना–२ रानीबगिया स्थित लिटिल बर्ड्स ईङ्गिलश स्कूूलको २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०७६ एक समारोहका बीच सम्पन्न भएको छ । समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार शर्माको अध्यक्षता र प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले करिब २ दशकदेखि शिक्षा प्रदान गर्दै आएको संस्थाले शैक्षिक क्षेत्रमा विशेष योग्दान पुर्याएको बताउँदै आगामी दिनमा थप समय सापेक्ष शिक्षा प्रदान गर्न सुझाव दिए ।समारोहमा विद्यालयका प्रिन्सिपल श्रवण कुमार शर्माले विद्यालयका गतिविधि तथा आगामी योजना प्रस्तुत गर्दै व्यवहारिक,बैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिने बताए ।
शनिबार सम्पन्न २०औं वार्षिकोत्सवको अवसरमा ०७४/०७५ मा एसईई उत्तीर्ण विद्यार्थीहरु, दिर्घरुपमा कार्यरत तथा पूर्व कार्यरत शिक्षक,भूतपूर्व प्रिन्सिपलद्वय राजेश सिग्देल र बैकुण्ठराज भुसाल,कर्मचारी लगाएतलाई विशेष सम्मान गरिएको विद्यायका सहप्राचार्य सुरेश पौडेलले बताए। समरोहमा अभिभावक संघ,सैनामैनाका अध्यक्ष विष्णु पाण्डे ,विद्यालयका सल्लाहकार श्यामबहादुर थापा,प्याव्सन सैनामैनाका अध्यक्ष भोजराज पौडेल,हिसान रुपन्देहीका पूर्व अध्यक्ष अनन्तराम शर्मा , सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री लगाएतले आफ्ना भनाई राखेका थिए । समारोहमा पहरा व्याण्ड,हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ र विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक ,सांस्कृतिक तथा अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए । समारोहको सञ्चालन शिक्षकद्वय विनोद क्षेत्री र सरिता गिरीले गरेका थिए ।
प्रतिक्रिया