ताजा अपडेट »

खाली पेटमा १ पोटी लसुन, ५ फाइदा

बुधबार, १४ फागुन २०७६, ११ : ११
156 Shares
बुधबार, १४ फागुन २०७६
156 Shares

बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

१. उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केस्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

२. झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

३. भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

४. दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वासजन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।
५. लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।