ताजा अपडेट »

‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’

सोमबार, १२ फागुन २०७६, ०८ : १७
34 Shares
सोमबार, १२ फागुन २०७६
34 Shares

फागुन १२,

जनकपुर । भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने ।

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको छ । -नेपाल समाचारपत्रबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।