जाडो महिनाको ठिहिर्याउँदो चिसोको अन्त्य सँगै अब बिस्तारै गर्मी मौसम सुरु हुँदै गर्दा स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । याे माैससमा भाइरल रुघाखोकी, ज्वरो जस्ता समस्या आउनु भनेको स्वभाविक कुरा हो ।
हामीले यस्तो समयमा आफ्नो तथा परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । परिवर्तन भइरहने मौसममा हामीले आफ्नो शरीर पनि फिट राख्न जरुरी हुन्छ । अन्यथा गर्मीका कारण विभिन्न समस्याले सताउन सक्छ ।
यस्ता छन्, गर्मी मौसममा ध्यान दिनुपर्ने कुराहरुः
१) खानपिनमा ध्यान दिनुहोस्
गर्मीमा खाने कुरामा
अधिक ख्याल राख्नु पर्दछ । जाडो मौसममा जस्तै गर्मी मौसममा बढी खाना नपच्ने
हुनाले कम खाएकै राम्रो हुन्छ । साथै बासी खाना, तारेको खाना र मसला र
खुर्सानी भएको खाना कमै खानुहोस् ।गर्मीको मौसममा दिनहुँको खानामा भात,
दाल, रोटी, हरियो तरकारी, पापड, कागती लगायतका खाना खान सकिन्छ ।
२) इजर्नी ड्रिक्ंस लिनुहोस्
गर्मीका बेला काम
गर्दा शरीरबाट बढी पसिना बग्ने र शरीरमा पानीको कमी हुने हुनाले अत्यधिक
मात्रामा पानी तथा इर्नर्जी ड्रिंक्सको आवस्यकता पर्दछ । गर्मीको मौसममा
फलफूलको जुस, उखुको जुस, मिल्कशेक, कागती पानी, महि, दही, पुदीना
पानी,नरिवल पानी लगायतका पेय पर्दाथ पिउन सकिन्छ । यस्तो मौसममा कोल्ड
ड्रिंक्स लगायतका पेय पर्दाथ सेवन नगरेकै राम्रो हुन्छ ।
३) जरुरी काम बिहानको समयमा सक्नुहोस्
गर्मीको
मौसममा घर बाहिरको काम गर्दा बिहानको १२ बजे भन्दा पहिले सक्नु राम्रो
हुन्छ । दिउँसोको चर्को घामबाट बच्नका लागि खेतबारीको काम १२ बजे भन्दा
पहिले सक्दा राम्रो हुन्छ ।
४) चिया भन्दा बढी पानी पिउनुहोस्
गर्मीको मौसममा
चिया भन्दा बढी पानी पिउनु उचित हुन्छ । काम गर्दाको समयमा यदी पानी पिउन
छाड्यौँ भने शरीरमा विभिन्न सुख्खापन (डिहाइड्रेशन) लगायतका विभिन्न समस्या
देखा पर्छन ।
५) गर्मीबाट आउनासाथ एसीको हावा नलिनुहोस्
यदि तपाइ
बाहिर गर्मीमा काम गरेर फर्किनु भएको छ र शरीर तातो छ भने तुरुन्तै एसी
रहेको कोठामा प्रवेश नगर्नुहोस् । बाहिर रुखको छहारी, घाम छेकिने ठाउँ या
घरभित्रै पनि केही समय कोठा बाहिर बसेर शरीरलाई सामान्य अवस्थामा ल्याएर
मात्र एसी रुममा प्रवेश गर्नुहोस् । बढी गर्मीमा काम गरेर आएपछि कोठामा
रहेको एसीको चिसो हावा लिँदा खाडी देशमा धेरै नेपाली दाजुभाइले सुतेको
सुत्यै भएर ज्यान गुमाउनु परेको छ ।
६) घर बाहिर निस्कदा ध्यान दिनुहोस्
गर्मीको मौसममा
घर बाहिर निस्कदा विशेष ध्यान दिनसपर्ने हुन्छ । बाहिर निस्कदा शिरमा
टोपी, या अन्य कपडा शिरमाथि राखेर घाम सिधा आफ्नो मुहार तथा शिरमा आउनबाट
बचाउनुहोस् । बाहिर निस्कदा भरपूर पानी पिउनुका साथै बोतलमा पनि पानी बोकेर
निस्कनुहोस् ।
७) गर्मीमा आँखा र छालाको विशेष ध्यान दिनुहोस्
गर्मीमा
आँखा र छालामाथि घामको नराम्रो असर पर्दछ । यस्तो बेला आँखा र छालाको
विशेष ध्यान दिनुपर्ने हुन्छ । समयसमयमा आँखालाई चिसो तथा सफा पानीले
धुनुहोस् । गर्मीका बेला खानामा भिटामीन सी युक्त फलफूल सेवन गर्नुहोस् ।
गर्मीमा सम्भव हुन्छ भने दुईपटक नुहाउनुहोस् । यसले छाला सफा रहने र
पसिनाको गन्ध पनि हटाउँछ ।
८) कटन वा फेब्रिक कपडा लगाउनुहोस्
गर्मीका बेला कटन या फेब्रिकको कपडा लगाउन सक्नुहुन्छ । जसले तपाइलाई गर्मीबाट बचाउँछ । साथै यस्ता खालका कपडा शरीरका लागि आरामदायी पनि हुन्छ । गर्मीका बेला टाइट कपडा लगाउनु स्वास्थ्यको लागि राम्रो होइन् । -जनतापाटीबाट
प्रतिक्रिया