फागुन ६,
ग्लोबल आवाज
बुटवल । कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान इन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रदर्शनीमा सोमबार विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
सोमबार विजनेश डे समेत रहेको ईन्फोटेकमा युवा विद्यार्थीहरु र उद्योगी व्यापारीहरुको विशेष सहभागिता रहेको थियो । चौथो दिनसम्म आउँदा १ लाख बढी दर्शकले ईन्फोटेक अवलोकन गरेको प्रसार–प्रसार संयोजक तथा क्यान महासंघ रुपन्देहीका सह–सचिव सुरेश चन्द्र भट्राईले जानकारी दिए ।
सोमबार अन्तर विद्यालय एक्सपर्ट वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । जसमा शिद्धार्थ आवासिय माविका विद्यार्थी महेश बन्जाडे प्रथम भए । ७ वटा विद्यालयहरुको प्रतिष्पर्धा रहेको उक्त प्रतियोगीतामा द्धितिय अन्नपूर्ण माविका विद्यार्थी सम्झना सुवेदी भइन् भने तृतिय स्थानमा न्यूू होराईजन अग्रेजी आवशिय माविका विद्यार्थी समृद्धि ज्ञवाली भइन् । प्रतियोगीताको सन्तावना स्थानमा कालिका मानवज्ञान माविका विद्यार्थी निशान पोखरेल भए ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रयोजकको रुपमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले प्रथम लाई ५ हजार, द्धितियलाई ३ हजार, तृतियलाई २ हजार र सान्तवना स्थान प्राप्त गर्नेलाई १ हजार नगद सहित मेडल, आर्कषक पुरस्कार व्यवस्था गरेको छ । नगद पुरस्कार ईन्फोटेक समापनको दिन (मंगलबार) आज प्रदान गरिने छ ।
यस्तै प्रतियाेिगतामा सहभागी ७ जना विद्यार्थीहरु र ३ जना निर्णयकहरुलाई माईक्रोटेक कम्प्युटर सप्लार्यसले के सेभेन टोटल सेकुरेटी सहित विभिन्न गिफ्ट ह्याम्पर र एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले पनि आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
सोमबार पब्लिक स्पिकर सिजन २ का विजेता रमेश प्रशाईं, आधुनिक गायिका विद्या तिवारी, लोक गायक/सारंगी बाधक तेजेन्द्र गन्र्धव, प्रदर्शनी आईडल विजेता शुसिल आचार्य लगायतको विशेष प्रस्तुती रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।इन्फोटेकको मंगलबार साँझ समापन कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया