फागुन १०,
ग्लोबल आवाज
बुटवल । लुम्बिनी इन्जिनियरिङ कलेज तिलोत्तमा भलवारीले विद्यार्थीले विकास गरेका प्रोजेक्टहरु प्रदर्शनीका लागि आगामी सोमबारदेखि लेक एक्स्पो (एलइसी-एक्स्पो) आयोजना गर्ने भएको छ । सातौं संंस्करणको एक्स्पो यही फागुन १२ गतेदेखि दुई दिन सञ्चालन हुने भएको हो । कलेजभित्रैका ३ वटा फ्याकेल्टीमा अध्ययनरत विद्यार्थीहरुले बनाएका प्राविधिक वस्तुहरु प्रदर्शनीमा राखिने छ । एक्स्पोमा ५० भन्दा बढी स्टल रहने कलेजका प्राचार्य ई. शिवराज बरालले जानकारी दिए । सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट एक्स्पोमा राख्ने छन् । सिभिलतर्फका २२, कम्प्युट इन्जिनियरिङ तर्फका ९ र इलेक्ट्रिकल इन्जिनियरिङ विभागका तर्फबाट १९ वटा प्रोजेक्ट राखिने छन् ।
कलेजले प्रत्येक दुई-दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्र्याउन समेत टेवा पु¥याउने उद्देश्यले लेक एक्स्पो आयोजना गरिएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताए । एक्स्पोमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले निर्माण गरेको रोवोटदेखि लिएर भोटिङ मेसिन, विद्युतीय लिफ्ट, हाइड्रोपावर, हाइड्रोलिक ब्रिज, थ्रीडी प्रिन्टर लगायतका प्रविधि राखिने छ ।
विद्यार्थीहरूले आफना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकुन् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्टवेयरको डिजाइन र विकास गर्न सकुन भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको सापकोटाले बताउनुभयो । प्रदर्शनीलाई विभिन्न स्कल एवं क्याम्पसका विद्यार्थी एवं उद्योगी, उद्यमी–व्यापारी तथा सरकारी निकायहरूका व्यक्तिले अवलोकन गर्ने कलेजले जनाएको छ ।
प्रतिक्रिया