ताजा अपडेट »

इन्टेलेक्ट एजुकेशनलकाे आयाेजनामा 'टिन लिडर- २०७६'

शनिबार, १० फागुन २०७६, १५ : ०४
108 Shares
शनिबार, १० फागुन २०७६
108 Shares

फागुन १०,

ग्लाेबल आवाज

बुटवल । इन्टेलेक्ट एजुकेशनल इन्स्टिच्यूसन प्रा.लि. काे आयाेजनामा "टिन लिडर-२०७६" काे आयाेजना हुने भएकाे छ । प्रदेश ५, का विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुकाे सहभागिता रहने प्रतियाेगिताकाे अडिसनमा ८० जना बढीकाे सहभागिता रहने आयाेजकले अपेक्षा लिएकाे छ । प्रतियाेगितामा १६ वर्ष पूरा गरि १९ वर्ष ननाघेकाहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । यही फागुन १२ गते बुटवलकाे सगुन रिसाेर्ट याेगिकुटीमा हुने अडिशनबाट १० जना फाइनल प्रतिस्पर्धाका लागि छनाेट हुने आयाेजक संस्थाका अध्यक्ष दिपक राेकाले जानकारी गराए ।

छनाेट भएका १० जना सहभागीलाई ४ दिनसम्म तालिम प्रदान गरिने छ भने तालिम पश्चात् बुटवलकै सिद्धार्थ कटेजमा आगामी फागुन १७ गते हुने ग्राण्ड फिनालीमा सहभागी हुन पाउने छन् । निशुल्क सहभागी हुन पाउने टिन लिडर प्रतियाेगितामा लिडर बन्ने विद्यार्थीले नगद ५१ हजार रकमसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुका साथै आयाेजक संस्थासँग एक वर्षसम्म काम गर्न पाउने गरि सम्झाैता हुने राेकाले जानकारी दिए । यसैगरी प्रतियाेगितामा फस्ट रनर अपले नगद १५ हजार रकमसहित ट्रफि र प्रमाणपत्र तथा सेकेन्ड रनर अपले १० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयाेजक संस्थाका निर्देशक मदन प्रसाद पन्थीेले जानकारी दिए ।

कार्यक्रम आयाेजनाका लागि करिब १० लाख खर्च अनुमान गरिएकाेमा ग्राण्ड फिनालिकाे साे का लागि विक्री गरिने टिकटबाट पचास प्रतिसत खर्च उठ्ने अनुमान गरिएकाे छ । अन्य खर्च सञ्चालक समितीले बेहाेर्ने भएका हुन् । टिकट दर कर्पाेरेटका लागि ५ हजार तथा अन्यका लागि १ हजार रहेकाे छ । कर्पाेरेट टिकट १९ वटा मात्रै विक्रि गरिने छ भने १ हजारका सय वटा मात्रै विक्रि गरिने र उनिहरुलाई निशुल्क डिनरकाे व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । कार्यक्रमकाे स्पाेन्सरका रुपमा तिलाेत्तमा इन्स्टिच्यूत रहेकाे छ । वि.स. २०७४ सालमा स्थापना भएकाे इन्टेल एजुकेशनल इन्स्टिच्यूसनले युवा सचेतनाका साथै शिक्षक, प्राध्यापक लगायतलाई अभिमुखिकरणका कक्षाहरु सञ्चालन गर्ने गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।