ताजा अपडेट »

पाल्पामा परिवारको सम्पर्कमा नआएका एक पुरुष जँगलमा मृत फेला

बुधबार, १७ बैशाख २०८२, १८ : ४७
336 Shares
बुधबार, १७ बैशाख २०८२
336 Shares

बुटवल । पाल्पामा एक पुरुष बुधबार जँगलमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार माथागढी गाउँपालिका ४ झडेवा बस्ने ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार बुधबार विहान झडेवास्थित जँगलको खोल्सामा सार्की मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ४/५ दिनअघि आफन्तको घरमा गएका सार्की यही वैशाख १६ गते घर फर्किएको भएपनि घरमा नपुगेपछि परिवारले उनको खोजी गरिरहेको थियो । घटना बारे थप अनुसन्धानका लागि शवलाई जिल्ला अस्पताल पाल्पा पठाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।