ताजा अपडेट »

अमरपथमा बुधबारदेखि न्हुजः बुटिक सञ्चालन

बुधबार, १७ बैशाख २०८२, १८ : २२
18 Shares
बुधबार, १७ बैशाख २०८२
18 Shares

बुटवल । व्यवस्थ बजार बुटवलको अमरपथमा महिलाहरुका लागि लक्षित गरी बुधबारदेखि न्हुजः बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनको क्षेत्रमा नयाँ आयाम ल्याउनेगरी बुटिक सञ्चालनमा ल्याइएको दाबी गर्दै सञ्चालक मेनुका श्रेष्ठले बजारको माग अनुसारका डिजाइन र उत्पादनलाई जोड दिइने उल्लेख गरिन् । 

बुटवलको एक औपचारिक कार्यक्रमका बीच बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरि अर्यालले गरे । सो अवसरमा शुभकामना व्यक्त गर्दै उनले पछिल्लो समय महिलाहरु आफै उद्यमी तथा व्यवसायी भएर आर्थिक रुपमा आन्मनिर्भर बन्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गरे । महिला सशक्तिकरणका लागि आर्थिक समृद्धि पहिलो आधार भएको उनले बताए । बुटवल–५ अमरपथ स्थित सूर्य छाप ढाका भवनमा सञ्चालनमा आएको न्हुजः बुटिकमा विवाह, पार्टी तथा विभिन्न पर्व र इभेन्टहरुका लागि आवश्यक पर्ने कडाहरु हातलेनै डिजाइन गरी उपलब्ध गराइने श्रेष्ठले जानकारी दिइन् । ८० लाख बढी लगानीमा सञ्चालन गरिएको बुटिकमा उत्कृष्ट फेसन डिजाइनरबाट काम गरिनुका साथै स्थानीय जनशक्तिलाई नै रोजगार प्रदान गरिएको उल्लेख गरिन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।