काठमाडौं । रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी पक्राउ परेका छन् । चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।
विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर सोधपुछ भइरहेको उनले बताए । विष्टले व्यक्तिगत सनकका भरमा पत्र लेखेको पाइएको प्रहरीले जनाएको छ । सर्वोच्चले आजै अर्को पत्र लेखेर चौधरीलाई थुनामुक्त गर्ने तयारी भएको छ । रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ।
सर्वोच्चले कारागारलाई पठाएको पत्रका आधारमा चौधरीलाई बुधबार प्रज्ञा भवन कमलादीबाट पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याइएको थियो ।
प्रतिक्रिया