ताजा अपडेट »

सत्तारुढ दलको बैठकपछिको प्रदिप ज्ञवालीले भने -भोलीदेखि पठनपाठन सुचारु हुने वातावरण बन्छ

बुधबार, १७ बैशाख २०८२, १३ : २४
78 Shares
बुधबार, १७ बैशाख २०८२
78 Shares

काठमाडौं । सत्ता गठबन्धन दलले काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले माग गर्दै आएका ऐन बनाउन विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो । मलाई विश्वास छ । शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ’, उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।