काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।
बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको थियो । एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन् । २०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए ।
प्रतिक्रिया