ताजा अपडेट »

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा, क-कसलाई भेट्दै छन् ?

बुधबार, १७ बैशाख २०८२, १० : ५४
42 Shares
बुधबार, १७ बैशाख २०८२
42 Shares

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्।

तीन दिनको बसाइँमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।